भारतले नयाँ मिस इन्डिया पाएको छ।
कर्नाटककी सिनी शेट्टीले ‘मिस इन्डिया–२०२२’ को उपाधि जितेकी छिन्।
३१ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै २१ वर्षीया सिनीले यो उपाधि जिेकी हुन्।
आइतबार राति सम्पन्न प्रतियोगितामा राजस्थानकी रुबल शेखावतले फस्ट रनर्स–अपको उपाधि जितिन् भने उत्तर प्रदेशकी शिनाता चौहानले सेकेण्ड रनर्स–अपको उपाधि जित्न सफल भइन्।
प्रतियोगितका सबै प्रतिस्पर्धीहरुले सुन्दर शैलीमा आफ्नो परिचय दिँदै निर्णायकले सोधेका प्रश्नहरुको जवाफ दिएर दर्शकको मन जितेका थिए।
मिस इन्डिया–२०२२ को उपाधि विजेता सिनी शेट्टी अहिले चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) को कोर्स गरिरहेकी छिन्। उनी नृत्यमा समेत पारंगत छिन् र अहिले भरतनाट्यम सिकिरहेकी छिन्। उनले ४ वर्षको उमेरदेखि नै नृत्य गर्न थालेको बताएकी छिन्। १४ वर्षको उमेरसम्म उनले थुप्रै स्टेज कार्यक्रममा आफ्नो प्रस्तुत दिइसकेकी थिइन्। कर्नाटकमा बसोबास गरेपनि उनको जन्म भने मुम्बईमै भएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी…






