काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाए ।
सांसद भैरवसुन्दर श्रेष्ठले रासायनिक मलको अभावका कारण किसान चिन्तामा रहेको बताउँदै जतिसक्दो चाँडो मल व्यवस्थापनमा लाग्न सरकारको ध्यानाकर्षण गराए । सांसद गोपीबहादुर सार्की अछामीले मोरङ जिल्लाका विभिन्न स्थानमा वर्षा र बाढीका कारण भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै अनावश्यक नदी कटानलाई रोक्न नदी ऐनको व्यवस्था गर्नुपर्ने माग गरे ।
निजामती ऐन ल्याउन ढिला भएका कारण स्थानीय तहमा अनावश्यक कर्मचारी भर्ना गर्ने काम गरिएको भन्दै जतिसक्दो चाँडो ऐन ल्याउनुपर्ने माग गरे ।सांसद उदयबहादुर बोहराले सङ्घीयतालाई सबल बनाउन सङ्घले प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै देशमा बढ्दै गएको हत्या, हिंसा, महँगी, बेरोजगारीको समस्या समाधान गर्नुपर्ने बताए ।
उनले राप्ती राजमार्गमा पटकपटक बजेटको व्यवस्था भए पनि सडक निर्माणको काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।सांसद प्रकाश पन्तले सामुदायिक क्याम्पसको सुधारका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै रोजगारमूलक शिक्षाको आवश्यकता औँल्याए । सांसद खिमलाल देवकोटाले कास्कीस्थित फेवातालको अतिक्रमण रोक्नुपर्नेमा जोड दिए । सांसद भुवनबहादुर सुनारले भूमिहिन सुकुम्बासीलाई जमिनको व्यवस्था गर्नुपर्ने माग गरे ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ९ मंसिर ।युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि सुरु भएको ‘फेवा…







