पोखरा । गण्डकी प्रदेश सभा सदस्य किरण गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई अर्थमन्त्री सामु निरीह भएको आरोप लगाएका छन् ।
असार १ गते बजेट आएपछि स्थगित भई सोमबारदेखि शुरु भएको प्रदेश सभा बैठकमा बजेट माथिको सामान्य छलफलमा भाग लिदै एमाले प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले यस्तो आरोप लगाएका हुन् ।
उनले मुख्यमन्त्रीज्यू तपाईंलाई म मुख्यमन्त्री हुँ भन्ने विश्वास छ कि छैन ? भन्ने प्रश्न गर्दै उनले भने,‘तपाईं निरीह हुनुभयो ।’ उनले २० दिनसम्म सरकार र प्रदेश सभा हराएको टिप्पणी गरे । बजेटमाथिको छलफल गर्नुपर्ने बेलामा छलफल नगरेर सरकारले सार्वभौम अधिकार सम्पन्न प्रदेश सभालाई बन्दी बनाएको उनको आरोप थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका…





