तनहुँको भानु नगरपालिका–१ भन्सारमा सोमबारदेखि राष्ट्रिय खुल्ला नकआउट भानु कप फुटबल प्रतियोगिता सुरु भएको छ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीका अवसरमा आचार्यको जन्मनगरमा भानुकप फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा आँबुखैैरेनी गाउँपालिका–४ स्थित पुलजीप युवा क्लब विजयी बनेको छ। भानु नगरपालिका–२ स्थित ब्राइट फ्युचर युवा क्लब र पुलजीप युवा क्लबबिच भएको खेलमा पुलजीप १–० अन्तरले विजयी भएको हो।
प्रतियोगिताको उद्घाटन गर्दै भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानु जयन्तीलाई कुनै न कुनै कार्यक्रमको माध्यमबाट सम्झिनुपर्ने बताए। भानु जयन्ती नयाँ ढंगबाट मनाउने सोचमा नगरपालिका रहेको बताए।
भन्सारस्थित फुटबल खेल मैदानमा सुरु भएको प्रतियोगितामा ३० समूहको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा तनहुँका अतिरिक्त काठमाडौँ, पोखराका क्लबको पनि सहभागिता रहेको छ।
असार २९ गतेसम्म संचालन हुने प्रतियोगिताका विजेतालाई नगद २ लाख प्रदान गरिनेछ। उपविजेता समूहले १ लाख प्राप्त गर्नेछन्। सेमिफाइनल पुग्ने टोलीलाई पनि नगद २०÷२० हजार प्रदान गरिने क्लबले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, अनुशासित समूहलाई पनि पुरस्कार प्रदान गरिनेछ।
क्लबले भानु जयन्तीकै अवसरमा छेलो र बाघचाल प्रतियोगिता पनि आयोजना गरेको छ। छेलो प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार प्रदान गरिनेछ। बाघचाल प्रतियोगितामा प्रथम हुनेलाई नगद ६ हजार रुपैयाँ प्रदान गरिनेछ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







