किसानलाई आधुनिक प्रविधि वितरण


     एभरेस्ट आवाज    
     असार २१ गते २०७९ मा प्रकाशित





खलङ्गा । जुम्ला कृषि विकास कार्यालयले किसानलाई आधुनिक प्रविधिका कृषि यन्त्र वितरण गरेको छ । खेतीमा प्रविधि र यान्त्रिकरण गर्दै उत्पादन वृद्धि गर्न कृषि उपकरण वितरण गरिएको कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिए।

कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाका आठवटै स्थानीय तहका व्यावसायिक किसानलाई जोत्नेदेखि तेल पेल्ने, पिस्ने घट्टका साथै जौँ, गहुँ र धान चुट्नेसम्मका उपकरण उपलब्ध गराएको हो ।

चुट्ने अठार, दुई तेल पेल्ने, तीन कुटानी पिसानी र १६ खेत जोत्ने उपकरण वितरण गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । महिलाको कार्यबोझ घटाउने, कृषिमा यान्त्रिकरण ल्याउने र समयको बचत गर्ने उद्देश्यले ती सामग्री वितरण गरिएको कार्यालयले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।