भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा बेपत्ता भएकाको खोजीकार्य मङ्गलबार छैटौँ दिनमा प्रवेश गरेको छ । साथै यस पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको अधिकारीले बताएका छन् ।गत हप्ता नोने जिल्लाको टुपुल यार्ड रेलवे निर्माण शिविरमा पहिरो गएको थियो ।
यहाँ प्रमुख रेलवे लाइन निर्माणस्थलको सुरक्षा गरिरहेका धेरैजसो कर्मचारी मृत्यु भएको थियो ।राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवक र अन्यका ४०० भन्दाबढी कर्मचारी उद्धारकार्यमा संलग्न रहेको अधिकारीले बताएका छन् । पहिरोले तामेङलङ र नोनी जिल्लाबाट बग्ने खोला पूर्णरुपमा अवरुद्ध भएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी…






