पोखरा । पोखरा महानगरपालिका–६ बैदाम स्कुल पाटन निवासी नेपाली काँग्रेस क्रियाशील सदस्य विष्णुबहादुर लामिछानेको श्रद्धाञ्जली सभा आज सम्पन्न भएको छ ।
काँग्रेस वडा इकाई समिति वडा नं ६ को आयोजनामा भएको श्रद्धाञ्जली सभामा काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्व लामिछानेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।
सो अवसरमा शर्माले लामिछानेको निधनबाट पार्टीलाई गहिरो क्षति पुगेको उल्लेख गरे । लामिछाने पार्टीका सच्चा इमानदार कार्यकर्ता र लोकतन्त्र र प्रजातन्त्रको पक्षमा सदैव आफूलाई उभ्भाउने सच्चा क्रान्तिकारी भएको शर्माले स्मरण गरे ।
स्व. लामिछानेका भाई सुनिल कुमार लामिछानेले दाजुको जीवनी प्रस्तुत गर्दै परिवारलाई ठूलो पीडा भएको बताए । दाजुले आफ्नो सम्पूर्ण जीवन समाज र राजनीतिका लागि खर्च गरेको उनले स्मरण गरे ।
काँग्रेस वडा इकाई समिति वडा नं ६ का सभापति सन्तोष पौडेलले लामिछानेले देखाएको लोकतन्त्रको बाटोमा हिँड्न सकेमात्र सच्चा स्मरण र सम्मान हुने उल्लेख गरे ।
पार्टीका हरेक गतिविधिमा अग्रपंक्तिमा खटिने स्वभाव लामिछानेमा रहेको बताउँदै उनले लामिछानेको अभाव सँधै हुने बताए । सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील लामिछानेको गत असार १० गते काठमाडौँमा उपचारका क्रममा ५९ वर्षको उमेरमा निधन भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — रसुवामा बुधबार आएको बाढीपछि पोखराका चार जनासहित कास्कीका १४ नागरिक…





