वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका ५ परिवार विस्थापित भएका छन्।
पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्णरुपमा क्षति पुगेको छ।
स्थानीय लिलाबहादुर कार्कीका अनुसार उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। सो स्थानका अन्य १४ घर पनि पहिराको उच्च जोखिममा रहेका छन्। अहिले स्थानीयको सहयोगमा पहिरो हटाउने कार्य जारी छ।
काठेखोला गाउँपालिकाको न्यायिक समितिले पीडितलाई राहत वितरणको तयारी गरेको छ। उनीहरूलाई छिमेकीको घरमा आश्रय लिने गरी व्यवस्थापन मिलाइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







