महेन्द्र गुफामा वृक्षारोपण


     एभरेस्ट आवाज    
     असार २२ गते २०७९ मा प्रकाशित




पोखरा । पोखराको महेन्द्र गुफामा रहेको बाल उद्यानमा वृक्षारोपण गरिएको छ ।
लक्ष्मी वैंकमा कार्यरत कर्मचारीको संस्था लक्ष्मी केयर्सको आयोजना महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको सहकार्य मा भएको कार्यक्रममा धुपि, पारिजात, गुलमोहर लगायतका विभिन्न फुल तथा सौन्दर्य प्रजातिका करिव एक सय वटा बिरुवा रोपिएको हो ।
गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको समेत समन्वयमा भएको कार्यक्रममा लक्ष्मी वैंकका गण्डकी प्रदेश प्रमुख सन्दिप मानन्धरले विकास समितिका संयोजक गुरूदत्त भट्टराईलाई बिरुवा हस्तान्तरण गरि कार्यक्रमको शुरूवात गरे ।
मानन्धरले वातावरणीय संरक्षणका लागि वोट विरूवाको संरक्षण आवस्यक रहेको बताए । विकास समितिका संयोजक भट्टराईले सवै क्षेत्रको सहकार्यवाट नै वातावरणलाई स्वच्छ , सफा वनाउन सकिने वताउँदै, रोपिएका विरूवाको संरक्षणमा जोड दिए ।
कार्यक्रममा पुष्प व्यवसायी वसन्त वानियाँले वृक्षारोपणका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए ।
लक्ष्मी वैंकका विकास आचार्यले अन्तर्राष्ट्रिय क्षेत्रमै परिचित पर्यटकीय क्षेत्रमा सहकार्यमा काम गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा वैंकका कर्मचारि सहित विभिन्न संघ संस्थाका पतिनिधीको सहभागिता रहेको थियो ।
विन्ध्यवासिनी मा विको संरक्षण तथा व्यवस्थापनमा संचालित महेन्द्र गुफामा गुरूयोजना अन्तर्गत विभिन्न काम भईरहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।