नेपाल दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको छ।
योसँगै २ खेलको एक दिवसीय श्रृंखला क्यानडाले जितेको छ। पहिलो खेल वर्षाका कारण स्थगित भएको थियो।
जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १ सय ५ रनमा अलआउट बन्यो। नेपालका देव खनालले सर्वाधिक २६ रन बनाए। ओपनर कुशल भुर्तेल १ र पवन सरार्फ १४ रनमा आउट बने। बसिर अहमद, विनोद भण्डारी र आदिल अन्सारीले समान १३/१३ रन जोडे। सन्दीप लामिछाने ११ रनमा आउट बने। क्यानडाका अमर खालिद, सलमान नजर, रोमेल शहजाद, साद विन जाफर र हर्ष ठकरले २/२ विकेट लिए।
त्यसअघि किङ सिटीमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। क्यानडाका श्रेयस मोभा र अमर खालिदले अन्तिम विकेटका लागि ७० रनको अविजित साझेदारी गरेका थिए। श्रेयस ५० रन र खालिद ३० रनमा अविजित रहे। क्यानडाका ओपनर आरोन जोनसनले ४४ रन जोडे।
नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २ तथा बसिर अहमद, आदिल अन्सारी र करण केसीले १/१ विकेट लिए। नेपालले यसअघि क्यानडामा स्थानीय क्लब ओन्टारियोसँग भएको २ वटा अभ्यास खेलमा ओन्टारियोलाई हराएको थियो।
क्यानडाबाट नेपाल स्कटल्यान्ड जानेछ। स्कटल्यान्डमा त्रिदेशीय एक दिवसीय श्रृंखला हुनेछ। विश्व कप क्रिकेट लिग–२ मा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ बराबरीकासाथ १५ अंकसहित पाँचौँ स्थानमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख…






