लायन्स क्लब अफ पोखरा कुमुदले पोखरामा वृक्षरोपण गरिएको छ।
लायनहरुले पोखराको पृथ्वीनारायण क्याम्पस प्राङ्गणमा विभिन्न जातका ५० विरुवा रोपेका हुन्।
सहायक क्याम्पस प्रमुख मीनराज लम्सालले वातावरणीय सन्तुलन कायम गर्न वृक्षरोपणको महत्वपूर्ण भूमिका हुने बताए। उनले वृक्षरोपणसँगै ती बिरुवा हुर्काउने जिम्मेवारी पनि निर्वाह गर्न आग्रह गरे।
क्लबकी अध्यक्ष मीना गुरुङले क्लबले पहिलो वृक्षरोपण गरेको बताइन्। मानव जीवन र पृथ्वीमै जनवायु परिवर्तनका कारण संकट आउन सक्ने भएकाले बेलैमा सचेत हुनुपर्नेमा उनले जोड दिइन्।
गण्डकी प्रदेशसभा सदस्यसमेत रहेकी गुरुङले भनिन्, ‘वृक्षरोपणले एकातिर वातावरण सन्तुलन गरी मानिसलाई स्वस्थ बन्न मद्दत गर्छ भने अर्कातिर पशुपक्षीको आहार संरक्षण पनि हुन्छ। जनवायु परिवर्तनका कारण जीव र पृथ्वीकै अस्तित्वमा आउन सक्ने संकट टार्न पनि सघाउँछ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







