नदीजन्य पदार्थको दोहन बढ्दा सरोकारवाला निकाय मौन


     एभरेस्ट आवाज    
     असार २४ गते २०७९ मा प्रकाशित





उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं ५, २ र १, तथा वडा नं १२ स्थित त्रियुगा नदी आसपासबाट हिजोआज दैनिक नदीजन्य पदार्थ दोहन गरी चोरी, निकासी बढ्दै गइरहेको छ ।केही ट्र्याक्टर व्यवसायी र नदीजन्य पदार्थ गैरकानुनीरुपमा उत्खनन गर्ने गिरोहले अहिले वडा नं १ को जोगिदह क्षेत्रको त्रियुगा नदी किनार तथा वडा नं १२ को त्रिवेणी तथा आर्यघाटसहित त्रियुगा पुल आसपासका क्षेत्रबाट रात्रिको समयमा र केहीले दिनमै पनि नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यलाई तीव्रता दिँदै आएका छन् ।

मनपरी नदीजन्य पदार्थ निकासी र दोहन हुँदा पनि यसका सरोकारवाला निकाय मौन बस्ने गरेको स्थानीयवासीको गुनासो छ ।त्रियुगा नदी आसपासबाट दिनमै दर्जनाँै ट्र्याक्टरले अवैधरुपमा बालुवा तथा रोडा उत्खनन गरेर निकासी गरिरहेकाले यस विषयमा पटकपटक सरोकावाला निकायलाई जानकारी गराउँदा पनि नियन्त्रणमा सरोकारवाला निकायले खासै चासो नदेखाएको उनको भनाइ छ ।

वडा नं५को देउरी तथा बगाहा क्षेत्रको त्रियुगा नदी किनास क्षेत्रबाट पनि अहिले दैनिक दर्जनौँ ट्र्याक्टरले नदीजन्य पदार्थ खुलेआम निकासी गरेर बिक्री गर्ने गरेको बगाहाका राकेश खड्का बताउछन । स्थानीय पालिका, वडाका जनप्रतिनिधि र प्रहरी प्रशासनलाई समेत जानकारी गराउँदा पनि नियन्त्रण गर्नेतर्फ कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।

जिल्ला सदरमुकाम गाईघाट बजारको पूर्वतर्फ अवस्थित बरुवा नदीको ढिम्की, चपन, क्षेत्रमा महिनौँ अगाडिदेखि नदीको संरचना नै भत्काएर अवैधरुपमा ढुङ्गा निकासी भइरहेको त्रिनपा–११ शिवालय टोलका विष्णु कार्की बताउछन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।