कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा १५ श्ययाको अस्पताल निर्माण हुने भएको छ । नगरवासीलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि रास्कोटमा १५ श्ययाको नगर अस्पताल निर्माण हुन लागेको हो ।
नगर प्रमुख धर्मराज शाहीले अस्पाताल शिलान्यास गर्दै आगामी दिनमा नगरपालिकाका कुनै पनि नागरिकले स्वास्थ्य सेवा लिन अन्य ठाउँमा जानु नपर्ने गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल निर्माण गर्ने लागिएको जानकारी दिए ।
अस्पताल निर्माणको ठेक्का प्रक्रिया अगाडि बढेर निर्माणको थालनी भइसकेकाले रास्कोटका नागरिकले विषेशज्ञ सेवासहितको जटिल खालका रोग, सुत्केरी सेवालगायत स्वास्थ्य सेवा उपलब्ध गराउने गरी अस्पताल निर्माण गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले जानकारी दिए ।रासस
–––
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसभित्र सक्रिय भएका दुई समुहलाई मिलाउन युवा नेताले सक्रियता बढाएका छन्…





