यहाँको उत्तरी राज्य कादुनामा बिहीबार भएको सडक दुर्घटनामा परी नौ जनाको ज्यान गएको छ । बिहीबार बस र कार जुध्दा सवारीमा रहेका कम्तीमा पनि नौ जनाको ज्यान गएको छ भने अरु १२ जना घाइते भएका छन् ।
कादुनाको ‘फेडरल रोड सेफ्टी कोपोरेसन’ का कमाण्डर हाफिज मोहम्मदले कादुना सहरमा तीब्र गति, गलत ओभरटेक गर्ने र नियन्त्रण गुमाउनुका कारण दुई ट्रक, बस र कार ठोक्किएको पत्रकारहरूलाई बताएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको पनि मोहम्मदले बताएका छन् ।
उक्त प्रान्तमा भारीमा मात्रामा सवारी साधनहरुका कारण बारम्बार यस्तो दुर्घटना हुने गर्दछ । बिहीबारको दुर्घटना पनि सडकमा सवारी साधनहरुको चापका कारण भएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख…






