हाम्रो फुटसल पत्रकार टिमलाई उपाधि


     एभरेस्ट आवाज    
     असार २६ गते २०७९ मा प्रकाशित




एनएफपीजे फुटसल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औँ वार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुटसल प्रतियोगिताको फाइनलमा हाम्रो फुटसल पत्रकार टिमले धादिङ टिमलाई ४–२ गोलले हरायो।

स्वस्तीश्री गुरुकूल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ टिमको सहभागिता थियो। नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टिमबीच प्रतिस्पर्धा भएको थियो। उक्त कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), वरिष्ठ पत्रकार ऋषि धमलाको टिम, सिलापत्र, गोरखापत्र, हाम्रो जन्मभूमि, नियात्रा टिभी, रेडियो पर्यावरण, फोटो पत्रकार संघ धादिङ, हाम्रो फुटसल टिम, गुरुङ पत्रकार सङघलगायत टिमको सहाभागिता थियो।

यसैगरी, दोस्रो चरणमा जितेर आएको ६ टिम खेलेका थिए। सेमिफाइलनमा धादिङ फोटो पत्रकार समूह र एटजोन गुरुङ पत्रकार टिमबीच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वाइ पाएर सिधै फाइनलमा पुगेको थियो। प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ वासु अवालले पाए। उत्कृष्ट गोलरक्षक धादिङ फोटो पत्रकार संघका श्रीकृष्ण भण्डारीले हात पारे।

विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले वितरण गर्दै संस्थाको २५ औं स्थापना दिवसका अवसरमा पत्रकार तथा फोटो पत्रकारबीच भाइचाराको सम्बन्ध विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए। उक्त कार्यक्रममा बीचवजार डटकम र स्वस्तीश्री गुरुकूल स्कुलको सहयोग थियो।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।