पोखरामा असारे भाकाको संरक्षणमा जोड


     एभरेस्ट आवाज    
     असार २६ गते २०७९ मा प्रकाशित




पछिल्लो पुस्तामाझ संरक्षणको अभावमा असारे भाका हराउने चासो र चिन्ता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा आयोजित एक कार्यक्रममा यसको संरक्षणमा वक्ताहरूले जोड दिएका छन्।

सिर्जना र असार समूह साहित्य श्रृंखलाअन्तर्गत आयोजित कार्यक्रममा वक्ताले नेपाली मौलिकताले युक्त असारे भाकालाई नयाँ पुस्तामाझ पु–याउनुपर्नेमा जोड दिइयो।

पोखरा साहित्य प्रतिष्ठानका कुलपति पदमराज ढकालले असारे भाकालाई जीवन्त राख्नका लागि संरक्षण हुनुपर्ने बताए । उक्त अवसरमा उनले असारे भाकाका गीत प्रस्तुत गरेका थिए ।

सिर्जना र असार समूह साहित्य श्रृंखला पोखराका संयोजक स्ट्रगल रानाले असारे भाकाको संरक्षणका लागि प्रयास गरिएको बताए। कार्यक्रममा माधव खतिवडा, विष्णुहरि पौडेल, वसन्धरी भुवाईको समूह, संगम सांस्कृतिक समूह, शिव अधिकारी, ज्ञानु आचार्य, भीमराज आश्रम, भीम रानाभाटलगायत स्रष्टाले रचना वाचन गर्दै आ–आफ्ना प्रस्तुति राखेका थिए।

कार्यक्रममा सरस्वती टीका माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराज आचार्य, काजी गाउँले, संस्थाका परिकल्पनाकार धनबहादुर तामाङ, स्थानीय धनबहादुर भुजेल, हेमबहादुर थापा ‘किरण’लगायतले असारे भाकाको मौलिकता जोगाउनुपर्ने आवश्यकता औँल्याए ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।