मलेसिया र पाकिस्तानमा कोरोना सङ्क्रमण बढ्ने क्रममा


     एभरेस्ट आवाज    
     असार २६ गते २०७९ मा प्रकाशित





मलेसियामा शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा २ हजार ७९९ थप कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै राष्ट्रभरी कुल सङ्क्रमितको सङ्ख्या ४५ लाख ९२ हजार ७१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यस अवधीमा सङ्क्रमणको कारण आठ नयाँ मृत्यु भएपछि कुल मृतकको सङ्ख्या ३५ हजार ८०९ जना पुगेको छ ।

यस समयमा दुई हजार ६६६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएपछि कोरोना शुरु भएपछि हालसम्म यहाँ ४५ लाख २१ हजार ५७८ कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । हाल मलेसियामा ३५ हजार ३२३ सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये ४१ जनाको सघन उपचार कक्षमा उपचार भइरेहको समाचारमा जनाइएको छ ।


यसैबीच पाकिस्तानमा पनि ५०२ जना कोरोनाका सङ्क्रमित थपिएका र एक जनाको मृत्यु भएको आइतबार प्राप्त समाचारमा जनाइएको छ ।पाकिस्तानमा कोरोना शुरुभएबाट हालसम्म सङ्क्रमणबाट तीस हजार ४२१ जनाको मृत्यु भएको छ । शनिबार यहाँ १८ हजार ३८५ जनाको कोरोना परिक्षण भएको ती मध्ये २।७३ प्रतिशतलाई कोरोना देखिएको जनाइएको छ ।

दक्षिण एसियाली यस देशमा हाल कोरोना सङ्क्रमणको कारण १४५ जनाको अवस्था नाजुक रहेको बताइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।