दक्षिण अफ्रिकाको मधुशालामा गोली चल्दा १४ जना ठहरै


     एभरेस्ट आवाज    
     असार २६ गते २०७९ मा प्रकाशित





स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु भएको छभने अन्य ११ जना घाइते भएका छन् । शनिबार राति र आइतबार बिहान भएको गोलाबारीमा घाइते भएका ११ जनालाई अस्पताल पु¥याएको प्रहरीले आइतबार जनाएको हो ।

प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका र अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख इलियास मावेलाले बताए । राजधानीको दक्षिणपूर्वमा पर्ने सोवेटो जोहानेसबर्गको सबैभन्दा ठूलो शहरी क्षेत्र हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।