दाङ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले हरेक नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पु¥याउने आफ्नो दायित्व भएको बताएका छन । रिपोर्टस् क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अझैसम्म पनि नागरिकले पाउने आधारभूत सेवा पनि सहज पाउन नसकेको भन्दै यसलाई सहज बनाउन पहल गर्ने बताए । यसका लागि तीनै तहका सरकारसँग छलफल गर्नेसमेत बताए ।
राज्यमन्त्री केसीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सेवालाई थप विस्तार गर्ने समेत बताए । उनले कोरोनाको समयमा योगदान गरेका कर्मचारीको नवीकरणमा पहल थाल्नेसमेत बताए । त्यसका लागि स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । सरकारले प्रत्येक पालिकामा १५ शय्याको अस्पताल बनाउने कुरा अघि सारेको अवस्थामा अझै पनि धेरै पालिकामा ती अस्पताल निर्माणको काम अघि बढ्न नसकेको भन्दै यसलाई पनि पूर्णता दिने उनले प्रतिबद्धता जनाए ।
प्रादेशिक अस्पतालको अनुगमन
राज्यमन्त्री केसीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अवलोकनसमेत गरेका छन । त्यस अवसरमा राप्ती प्रादेशिक अस्पताल प्रदेशस्तरीय भएकाले प्रदेशले त्यसलाई हेर्ने जिम्मा पाएको मन्त्री केसीले बताए ।त्यस अवसरमा अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पतालको जनशक्ति व्यवस्थापनका लागि सर्वेको काम अघि बढाउन पहल थालि दिनका लागि अनुरोध गरे ।
प्रादेशिक अस्पतालको आलोचना गर्ने गरिएको भन्दै यसलाई सुधार गर्न दक्षजनशक्ति आवश्यकपर्ने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विनोद सिंहले बर्ताए । अस्पतालको छुट्टै आम्दानी नभएकाले पनि आफैले कर्मचारी थप गर्नसक्ने अवस्था नभएको उनको गुनासो थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





