काठमाडौँ । सोलिडारिटी मिडियाबाट सञ्चालित पानोरमा टेलिभिजनले आफ्नो प्रथम साधारणसभाका अवसरमा आज शिक्षासेवीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नेशनल प्याब्सनमा सह अध्यक्ष निर्वाचित हुनुभएका सुवाश न्यौपाने, प्याब्सनमा केन्द्रीय उपाध्यक्ष निर्वाचित हुनुभएका थकिनकुमार गुरुङ, हिसानका केन्द्रीय सचिव निर्वाचित हुनुभएका डा ऋषि तिवारी, ललितपुर प्याब्सनको अध्यक्षमा निर्वाचित निरोज महर्जन, रजत महोत्सव मनाउन सफल काञ्जिरोवा स्कुलका प्रमुखसमेत रहका महेन्द्र खनाल तथा रोटरी क्लव अफ महाबौद्धको सन् २०२÷२२३ का लागि अध्यक्ष निर्वाचित वत्स शाक्य रहेका छन ।
उनीहरुलाई कदर पत्र प्रदान गरिएको हो । उनीहरुलाई टेलिभिजनका बोर्ड सदस्य तथा प्याब्सनका पूर्व अध्यक्ष विजय सम्बाहाम्फेले कदरपत्र हस्तान्तरण गरेका छन ।साधारणसभामा टेलिभिजनका कार्यकारी अध्यक्ष श्याम तण्डुकारले वार्षिक प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदन सुझावसहित पारित गरिएको थियो । कम्पनीले अधिकतम ९९ जनालाई शेयर सदस्य दिने निर्णयसमेत साधारण सभाबाट पारित गराएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







