आज जुलाई ११ तारिक अर्थात विश्व जनसंख्या दिवस। हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाइन्छ।
विभिन्न कार्यक्रमको आयोजना गरी आजको दिन नेपाल लगायत विश्वभर यो दिवस मनाइन्छ।
सन् १९८९ बाट हरेक बर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्न विश्व जनसंख्या दिवस मनाउन थालिएको हो।
सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा सयुक्त राष्ट्र संघको ‘पपुलेसन समिट’ले यो दिवस मनाउने घोषणा गरेको थियो।
हाल विश्वमा करिब ८ अर्बभन्दा धेरै जनसंख्या रहेको राष्ट्र संघको एक अध्ययनले देखाएको छ। विगत केही दर्शकदेखि विश्वको जनसंख्यामा ‘ग्लोवल माइग्रेशन’ले ठूलो प्रभाव पारिररहेका छ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)का अनुसार शिक्षा, रोजगारीको अवसर र अन्य सुविधाको खोजीमा ठूलो जनसंख्या एक ठाँउदेखि अर्को ठाउँमा बसाइ सर्ने गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







