सङ्गठन निर्माणमा जुट्न नेपालको कार्यकर्तालाई निर्देशन


     एभरेस्ट आवाज    
     असार २७ गते २०७९ मा प्रकाशित




गोदावरी । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले गाउँगाउँमा गएर सङ्गठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठान कैलालीले सोमबार आयोजना गरेको ‘ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सङ्घ र प्रदेशको निर्वाचन आउँदै गरेकाले गाउँगाउँमा गएर सङ्गठन निर्माण गरी जनसमक्ष पार्टीलाई स्थापित गर्न आग्रह गरे ।

उनले समाजवादी पार्टीमा इमान्दार र निष्ठावान् कार्यकर्ताको ठूलो पङ्क्ति रहेकाले सङ्गठन निर्माणसँगै इमान्दारीका साथ जनताको सेवामा लाग्नुपर्ने बताए।

पार्टी स्थापना भएको छोटो अवधिमा नै नौ लाख जनताले मत जाहेर गरेको बताउँदै उनले आउँदो निर्वाचनमा २० लाख मत पाउने दाबी गरे । उनले आफ्नो पार्टीको नीति ज्येष्ठ नागरिकप्रति कदर र सम्मान गर्ने भएको बताए । ज्येष्ठ नागरिकको अनुभव र युवापुस्ताको जाँगरले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने चर्चा गर्दै बलियो भएको स्थानमा एक्लै लड्ने र कमजोर स्थानमा सम्मानजनक ढङ्गले अरू दलहरुसँग चुनावी तालमेल गरिने बताए। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।