चीन र पाकिस्तानद्वारा लाइभ फायरको सामुद्रिक अभ्यास


     एभरेस्ट आवाज    
     असार २८ गते २०७९ मा प्रकाशित




चीन र पाकिस्तानका नौसेनाहरूले सी गार्डियन्स–२ नामक ४ दिने संयुक्त सामुद्रिक अभ्यासको एक भागको रूपमा मंगलबार प्रत्यक्ष फायर ड्रिल शुरु गर्ने तयारी गरेका छन्।

अभ्यासमा सहभागी जहाजहरू सांघाईको सैन्य बन्दरगाहबाट निर्धारित समुद्री क्षेत्रतर्फ प्रस्थान गर्नेछन्।

यस संयुक्त अभ्यासको उद्देश्य रक्षा सहयोग, विशेषज्ञता र अनुभवको आदान–प्रदान, २ देश र सेनाबीचको परम्परागत मित्रतालाई थप प्रगाढ बनाउने र चीन–पाकिस्तानबीचको मौसमी रणनीतिक सहकारी साझेदारीको विकासलाई प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताइएको छ।

सो क्रममा व्यावसायिक र प्राविधिक आदान–प्रदान, ‘टग अफ वार’ र बास्केटबल खेल सोमबार सम्पन्न भएको छ।

सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।