स्याङ्जा । स्याङ्जामा १० वटा व्यावसायिक कृषि उत्पादन केन्द्र ब्लक सञ्चालनमा रहेका छन् । कृषि ज्ञान केन्द्र स्याङ्जाले कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पु¥याउने गरी ब्लकमा समावेश गरिएका बाली÷वस्तुहरुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, ‘ब्लक’ क्षेत्रमा कृषि यान्त्रिकीकरण, कृषि पूर्वाधार विकास तथा व्यावसायीकरण प्रवद्र्धन गर्ने उद्देश्यले ब्लक सञ्चालनमा ल्याएको हो ।
ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत ईश्वरीप्रसाद अर्यालले ‘ब्लक’ विकास कार्यक्रमअन्तर्गत स्याङ्जामा मौरी, तरकारी, फलफूल, धान र मसलाबालीमा ‘ब्लक’ सञ्चालनमा रहेको बताए । मौरी ‘ब्लक’ मा तीन, तरकारी र सुन्तलामा दुई÷दुई ‘ब्लक’ कागती, धान र मसलाबाली ‘ब्लक’ मा एक÷एक रहेका छन् ।
मौरी ‘ब्लक’ विकास कार्यक्रम पुतलीबजार नगरपालिका–९ को कोल्मा, ६ को टक्सार र भीरकोट नगरपालिकाका ३, ५, ७ र ८ नम्बर वडामा सञ्चालनमा छ । तरकारी ‘ब्लक’ फेदीखोला गाउँपालिकाका १, २, ३, ४ नं। वडा तथा वालिङ नगरपालिकाका १ र ५ नं। वडामा सञ्चालनमा रहेको सूचना अधिकारी अर्यालले जानकारी दिए ।
आँधीखोला गाउँपालिका २, ६ तथा वालिङ नगरपालिका २, ५ मा सुन्तला ‘ब्लक’ निर्धारण गरी कार्यक्रम सञ्चालनमा रहेको छ । बिरुवा गाउँपालिका ६ मा कागती, पुतलीबजार नगरपालिका १३ मा धान, हरिनास गाउँपालिका २, ४ मा मसलाबाली अन्तर्गत अदुवा ‘ब्लक’ विकास कार्यक्रम सञ्चालनमा रहेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







