काठमाडौँ । राष्ट्रिय समाचार समिति राससले आफ्ना समाचार सेवाहरुको विविधिकरणका क्रममा श्रव्यदृष्य भिडियो सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने भएको छ । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको उपस्थितिमा आज रासस केन्द्रीय कार्यालय, काठमाडौँमा रासस र फिल्म क्रिउ नेपाल प्रालि, नक्सालका बीच श्रव्यदृष्य सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको हो ।
श्रव्यदृष्य सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा राससका तर्फबाट महाप्रबन्धक सिद्धराज राई र फिल्म क्रिउ नेपालका बजार प्रबन्धक मनिष प्रसाईंले हस्ताक्षर गरे ।
नेपालमा सञ्चालनमा रहेका टेलिभिजन च्यानलहरुसहित अनलाइन सञ्चारमाध्यमको समेत अनुरोध बमोजिम सञ्चालन हुन लागेको रासस भिजुअल सेवा रासस केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण हुनेछ । विसं २०१८ फागुन ७ गते स्थापना भएको राज्यद्वारा सञ्चालित राससमा हाल नेपाली र अङ्ग्रेजी भाषामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरु, तस्बीर र अडियो सेवा सञ्चालित छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





