काठमाण्डौं । विभाजनको सङ्घारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालको एकै दिन छुट्टाछुट्टै बैठक भएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवपक्षको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा बसेको छ भने पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आजै काठमाडौँमा भएको छ ।
पार्टी रूपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार विषयमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा जसपा सङ्घीय परिषद् अध्यक्ष भट्टराईले राष्ट्रिय पार्टी बनाउने उद्देश्यले सामूहिक नेतृत्वको कुरा गर्दै आफूलाई नेतृत्व खोजेको आरोप लागेको गुनासो गरेका छन् ।
पार्टीलाई हिमाल, पहाड तराई सबै जातिको प्रतिनिधित्व गराउन सामूहिक नेतृत्व बनाउनुपर्ने भट्टराईको जोड थियो । पार्टीमा तीन जनाको हेडक्वार्टर बनाउँदासमेत एउटा पनि बैठक बस्न नसकेको, केन्द्रीय समिति बैठकमा आफूहरुलाई नबोलाइएको भट्टराईको गुनासो छ ।
विसं २०७६ वैशाख २३ गते तत्कालीन सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी गठन भएको थियो । विसं २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टीसँग समाजवादी पार्टीको एकता भई जनता समाजवादी पार्टी नेपाल बनेको थियो । भट्टराई पक्षको बैठक भोलि बुधबारसम्म चल्नेछ । उता अध्यक्ष यादव पक्षले पनि बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





