पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतिष्ठानका नाममा भएका बजेट विनियोजनका सम्बन्धमा देखिएको असन्तुष्टि सम्बन्धमा आज आफ्ना धारणा व्यक्त गरेका छन् ।
गण्डकी प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर उनले देखिएका असन्तुष्टि सम्बन्धबारे स्पष्ट पारेका हुन । गोवद्र्धन शर्मा स्मृति कोष, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट भवन निर्माण, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण र अमृत जोशी स्मृति पार्कमा छुट्याएको बजेट प्राथमिकताका क्षेत्रमा खर्च गर्न निर्देशन दिइसकेको मुख्यमन्त्री पोखरेलले सभामा जानकारी गराए ।
गोवद्र्धन शर्मा मेमोरियल ट्रष्ट लगायतका प्रतिष्ठान, ट्रष्टका विषयलाई लिएर समाजमा, सामाजिक सञ्जाल, मिडिया र प्रतिपक्षले राखेको चासोबारे स्पष्ट पार्नका लागि सभामा समय मागेको उनले बताए । देशमा परिवर्तनका लागि धेरै व्यक्तित्वले योगदान गरेको उल्लेख गर्दै उनले ती व्यक्तिलाई राष्ट्रले, प्रदेशले सम्झने कि नसम्झने ? प्रश्न गरे ।
“आज विपी कोइरालालाई छाडौँ, उहाँ प्रधानमन्त्री हुनुभयो, पुष्पलाल जी केही हुनुभाथ्यो ? थिएन । गणेशमानजी सरकारी पदमा जानुभयो, जानुभएन । यस्ता धेरै व्यक्तित्व हुनुहुन्छ, जसलाई हामीले सम्मान गरेका छौँ, गर्नुपर्छ र केन्द्रीय सरकारले गरिआएको पनि छ”, मुख्यमन्त्री पोखरेलले भने । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





