काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण भएको बताएका छन ।नेपाल निर्यात व्यवसायी महासङ्घले आज यहाँ आयोजना गरेको ‘निर्यात प्रवद्र्धनका लागि राजदूत एवम् व्यवसायीबीचको अन्तरक्रिया’ कार्यक्रममा उनले नेपालको निर्यात क्षेत्रलाई विस्तार गरी वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण भएको बताएका हुन ।
उद्योगमन्त्री बडूले निर्यात प्रवद्र्धनका लागि आवश्यक पर्ने नीतिनियम बनाउन सरकार सधैँ सकारात्मक रहेको उल्लेख गरे । राष्ट्रिय उत्पादन बढाएर निर्यात प्रवद्र्धनमा सरकार सधैँ निजी क्षेत्रसँग सहकार्य गर्ने उनको भनाइ छ । उनले निर्यात क्षेत्रलाई बढावा दिन सरकारले व्यवसायलाई अनुदान तथा प्रोत्साहनको व्यवस्था गरेको बताए । मन्त्री बडूले नेपालमा उत्पादित वस्तुलाई प्रवद्र्धन गर्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न सरकार सकारात्मक रहेको स्पष्ट पारे ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई विदेशमा सजिलै निर्यात गर्ने व्यवस्था मिलाउन कूटनीतिक नियोगको महत्वपूर्ण भूमिका रहेको बताए ।उनले विदेशमा रहेका नेपालका ४० कूटनीतिक नियोगसँग परराष्ट्र मन्त्रालयले ६÷६ महिनामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे ।उनले नेपालको निर्यात प्रवद्र्धनका लागि अर्थ, परराष्ट्र, उद्योग, कृषि, वन मन्त्रालयका प्रतिनिधि र व्यवसायी सम्मिलित स्थायी संयन्त्र बनाउनुपर्ने, स्वदेशी कच्चा पदार्थको सम्भाव्यता अध्ययन गरी कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने, निर्यात व्यवसाय सञ्चालनका लागि पूर्वाधारमा निःशुल्क वा ५० प्रतिशत लगानी गरी सरकारी तथा निजी साझेदारीमा निर्यात प्रवद्र्धनका लागि संयुक्त रणनीति बढाउन सरकारलाई आग्रह गरे ।
अध्यक्ष गुरुङले नेपाली निर्यातकर्तालाई परेको समस्या समाधानका लागि राजदूतको भूमिका ठूलो रहेको बताउँदै नेपाली वस्तुको निर्यातमा सघाउ पुग्ने खालको व्यवसायी सम्झौताका लागि सहयोग गर्न राजदूतसमक्ष आग्रह गरे । उनले निर्यातजन्य वस्तुको अनुसन्धान तथा विकासका साथै निर्यातको उच्च सम्भाव्यता अध्ययन रहेका वस्तुको प्रवद्र्धनका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।महासङ्घका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा रु १३ खर्ब आठ अर्बको वस्तु आयत गर्दा निर्यात भने रु एक खर्ब ४१ अर्बमा सीमित भएको छ । सोही अवसरमा उपस्थित राजदूतले भने नेपालको निर्यात व्यवसायलाई प्रवद्र्धन गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






