काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसिसीले आज सार्वजनिक गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत् रहेको छ ।आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९औँ स्थानमा यथावत् रहेको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो ।
एकदिवसीय वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ भने इङल्यान्ड दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।त्यसैगरी पाकिस्तान चौथो स्थानमा छ भने अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ । दक्षिण अफ्रिका छैठौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेष्ट इन्डिज नवौँ र अफगानिस्थान दसौँ स्थानमा छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





