मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी सङ्क्रमित


     एभरेस्ट आवाज    
     असार २९ गते २०७९ मा प्रकाशित





मलेसियामा दुई हजार तीनसय ४५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशमा कोभिड सङ्क्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । पछिल्लो परीक्षणबाट तीन जना बाहिरबाट आएका व्यक्ति र बाँकी स्थानीयमा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्युभएको छ । मलेसियामा हालसम्म ३५ हजार आठसय १९ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेका २४ घण्टामा दुई हजार ३८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।