बलेवा । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी बागलुङमा पनि देखिन थालेका छन् । धौलागिरि अस्पतालमा उपचारका लागि आएका दुई बिरामीमा सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले बताए । ्सो त अघिल्ला वर्ष पनि डेङ्गुका बिरामी भेटिने गर्थे । यो वर्ष पनि डेङ्गुका बिरामी देखिन थालेपछि स्वास्थ्य कार्यालय बागलुङ र अस्पतालले नियन्त्रण प्रयास थालेका छन् ।
बागलुङ नगरपालिका–७ र ९ का एक महिला र एक पुरुष बिरामी अस्पतालमा आएपछि डेङ्गुबारे धेरैको चासो बढेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ । हाल अस्पतालमा भर्ना भएका बिरामीको भने अवस्था सामान्य रहेको उनले बताए । डेङ्गु भएकालाई उच्च ज्वरो, हातखुट्टा चिलाउने शरीर सुन्निने, दुख्ने समस्या हुने गरेको अस्पतालका अर्का डा अभिषेक वाग्लेले बताए । बागलुङमा यसअघि पनि डेङ्गुका बिरामी भने भेटिएका थिए । उनीहरुलाई पनि अस्पतालले उपचार गरेर निको बनाई घर पठाएको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आम नागरिकलाई सचेत रहन स्वास्थ्य कार्यालयमार्पmत सन्देश पठाइएको पोखरेलले जानकारी दिए । डेङ्गुविरुद्ध स्वास्थ्य कार्यालयले १० पालिकाका सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । रगत जाँचेर डेङ्गु पत्ता लगाउन सकिने भएकाले कम्तीमा प्राथमिक स्वास्थ्य केन्द्र तहमा किट पठाएर परीक्षण गर्न सकिने पोखरेलले बताए ।
जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेका अनुसार वर्सात लागेपछि नै महिला स्वास्थ्य स्वयम्सेविकादेखि स्वास्थ्यकर्मी समेतलाई डेङ्गुसहित वर्सातमा हुन सक्ने रोगव्याधीबारे जानकारी गराइएको छ । एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन भनिएको उनले बताए । गाडीका ग्यारेजमा हुने टायरमा जमेको पानीदेखि खाल्डाखुल्डीमा रहेको पानीमा पनि डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । बागलुङ नगर क्षेत्रमा अझै बढी जोखिम हुने भन्दै नगर स्वास्थ्य शाखा, अन्य स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सचेत रहन भनिएको शाखा प्रमुख रामप्रसाद खनालले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







