साङ्केतिक तस्विर
काठमाडौँ । मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनुभएका इलाम, चुलाचुली गाउँपालिका–३ पेल्टिमारीका ३१ वर्र्षीय नवीन गिरीको उपचारका क्रममै मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्गको झापाको कमल गाउँपालिका – ५ स्थित सीतापुरी सडकखण्डमा यही असार २७ गते साँझ ७ बजेतिर मोटरसाइकलमा सवार गिरी साइकलसँग जुधेर दुर्घटनामा परेका थिए । उनलाई घटनास्थलबाट स्थानीयवासीले उद्धार गरी दमकको आम्दा अस्पतालमा पु¥याएका थिए ।
टाउकोमा चोट भएको उनको आम्दामा उपचार हुन नसकेपछि थप उपचारका लागि परिवारले विराटनगरस्थित न्युरो अस्पताल पु¥याएका थिए । त्यहाँ उपचारका क्रममा गएराति मृत्यु हुनुभएको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा पर्नुभएकी साइकलमा सवार एक महिलाको समेत सोही अस्पतालमा उपचार भईरहेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







