पोखरा । काठमाण्डौमा जारी १२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा गण्डकी प्रदेशले छात्र भलिबलमा स्वर्ण पदक जितेको छ ।
बिहीबार भएको अन्तिम खेलमा लुम्विनी पदेशलाई ३–२ पाराजित गर्दै गण्डकीले छात्र भलिबलमा स्वर्ण पदक जितेको हो ।
पहिलो र दोश्रो सेट २५–११ र २५–१० ले सहज रुपमा आफ्नो पक्षमा पारेको गण्डकीले तेश्रो र चौथो सेट भने लुम्विनीलाई सुम्पिन पुग्यो ।
लुम्विनीले तेश्रो सेट २५–२० र चौथो सेट २५–२० मा जितेर गण्डकीलाई दवावमा राखेको थियो । तर अन्तिम तथा पाँचौ सेट भने गण्डकीले १५–१२ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङले जानकारी दिए ।
यो सहित गण्डकीले जारी प्रतियोगितामा कुल पाँच स्वर्ण जितेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







