स्वास्थ्य पत्रकार मञ्च गण्डकीको अध्यक्षमा वञ्जारा


     एभरेस्ट आवाज    
     असार ३२ गते २०७९ मा प्रकाशित




पोखरा । पोखारामा पत्रकारहरुको एक भेलाले स्वास्थ्य पत्रकार मञ्च गण्डकी प्रदेशले तदर्थ समिति गठन गरेको छ । समितिको अध्यक्षमा यदुनाथ अधिकारी चयन भएका छन ।

पत्रकार महासंघ गण्डकी प्रदेश समितिको सचिव समेत रहेका बञ्जाराको अध्यक्षतामा सर्वसम्मत गठित कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिव अनिशा श्रेष्ठ, कोषाध्यक्षमा पुष्प दाहाल चयन भएका छन । सदस्यहरुमा रिना थापा, विन्दु परियार र निरज पन्त चयन भएका छन ।

निर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसंगतिको उजागर र सर्वसुलभ स्वास्थ्यका लागि खवरदारी गर्न जरुरी रहेको बताए । पत्रकार स्थायी प्रतिपक्षी रहेकाले यो वा त्यो कारणले प्रभावित हुन नहुने उनले बताए ।

नवनिर्वाचित अध्यक्ष बञ्जाराले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसंगतिका विरुद्ध सशक्त कलम चलाउने र स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई धेरैभन्दा धेरै समेटेर उनीहरुको हकहितमा काम गर्ने प्रतिवद्धता जनाए । भेलामा पोखरामा रहेर स्वास्थ्य क्षेत्रमा समाचार लेख्ने ३ दर्जन पत्रकारहरुको सहभागीता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।