मस्र्याङ्दी कोरिडोरअन्तर्गतको निर्माणाधीन २२० केभी उदीपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सुस्त गतिमा अघि बढेको छ।
निर्माण सम्पन्न गर्नुपर्ने गत जुन महीनासम्म भएपनि यस आयोजनाको निर्माण अझै ४० प्रतिशत बाँकी छ।
आयोजनाका उदीपुर–भरतपुरका डिभिजन प्रमुख नारायण रेग्मीले भने, ‘विविध कारणले गर्दा निर्धारित समयमा काम सम्पन्न भएन। काममा समेत ढिलासुस्ती भइरहेको छ।’
हालसम्म ६० प्रतिशतको हाराहारीमा मात्र निर्माण सम्पन्न भएको उनको भनाई थियो। ७६ किलोमिटर दूरी रहेको लमजुङको उदीपुरदेखि चितवनको भरतपुरसम्म प्रसारण लाइन पु¥याउन १९३ ओटा टावर आवश्यक पर्ने आयोजनाले बताएको छ।
यीमध्ये हालसम्म १८ ओटा टावर निर्माण भइसकेको छ भने ५५ ओटा टावरको जग तयार गर्ने काम भइरहेको आयोजना प्रमुख रेग्मीले बताए। उक्त टावरमध्ये लमजुङतर्फ ४५ र तनहुँतर्फ १० ओटा टावर उठाउने काम भइरहेको छ। १८ वटा खडा भएको टावरमध्ये १७ वटा उदीपुरदेखि मध्मस्र्याङ्दी र एउटा लमजुङकै फूलबारीमा निर्माण भइसकेको छ।
‘दोर्दी कोरिडोरका आयोजनाको विद्युत् मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पु¥याउन ६ किलोमिटरसम्म यही प्रसारण लाइनको काम अघि बढिरहेको छ। उदीपुरदेखि मध्यमस्र्याङ्दी खण्डको ६ किलोमिटर खण्डमा १७ ओटा टावर उठाउने काम गरेर तार तान्ने कार्य भइरहेको छ।
‘यहाँ विभिन्न आयोजना रहेकाले उत्पादिन बिजुली जोड्न सहज हुने भएकाले पहिलो प्राथमिकता यस खण्डमा दिएरअघि बढिरहेको छ,’ उनले भने, ‘अब एक हप्ताभित्र तार तान्ने काम सम्पन्न हुनेछ।’
६ किलोमिटर खण्डको निर्माण अघिल्लो जेठभित्रै सम्पन्न गर्ने लक्ष्य रहेपनि कोभिड–१९ महामारीको रोकथामका लागि लगाइएका निषेधाज्ञालगायत विविध कारण निर्माण अवधि लम्बिएको बताइएको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







