आइसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित बनेको छ।
त्रिदेशीय एक दिवसीय श्रृंखलामा नेपाल नामिबियासँग पराजित भएसँगै छैटौँ स्थानमा झरेको छ।
स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली नामिबियासँग लगातार दोस्रो खेलमा हारेको हो। नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित बनेको थियो।
स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। हिँजो (शनिबार)को खेलमा जितका लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमा अलआउट बन्यो। नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोडे।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नामिबिया ४९ ओभर २ बलमा १ सय ९९ रनमा अल आउट भएको थियो।
नामिबियाका कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले। नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए। त्यस्तै, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २÷२ विकेट लिए। नेपालले आज (आइतबार) अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ।
अंक तालिकामा नेपाल १९ खेलमा १० मा हार, ८ मा जित र १ बराबरीकासाथ १७ अंकसहित छैटौँ स्थानमा छ। नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हारका साथ १८ अंककासाथ पाँचौँ स्थानमा उक्लिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन रवि लामिछाने चयन भएका छन् । चितवनमा…






