पोखरा । पातञ्जल योग समिति (पायोस)नेपाल केन्द्रीय सचिवालयको समन्वयमा गण्डकी प्रदेश समितिको दिक्षान्त समारोह सम्पन्न भएको छ । समारोह गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ठ अतिथि शिक्षा, संस्कृती, विज्ञान तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशका उपसचिव भोजराज न्यौपाने, विशिष्ठ अतिथि पातञ्जल योग समिति नेपालका राष्ट्रिय अध्यक्ष बालमुकुन्द सुवाल, बिशेष अतिथि पायोस नेपाल प्रशिक्षण प्रतिष्ठान सचिव तालिम व्यवस्थापन समिति संयोजक एवं पायोस नेपाल महासचिव नवराज काफ्ले, स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका उपसचिव डा. नारायण श्रेष्ठ, सि.टि.ई.भि.टी.उप निर्देशक( गण्डकी प्रदेश) जिवन भण्डारी, पायोस नेपाल उपाध्यक्ष एवम् युवा विभाग प्रमुख कमला गुरुङ ,केन्द्रीय सदस्य तथा पातञ्जल विपत राहतकोष व्यवस्थापन समिति संयोजक दिपक भण्डारी, नेपाल आयुर्बेद औषधि ब्यबसायी संघ गण्डकी प्रदेश अध्यक्ष राजु पौडेल लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि, प्रशिक्षार्थी तथा साधक साधिकाहरुको उपस्थितिमा सि.टि.ई.भि.टी. बाट सम्बन्धन प्राप्त ३९० घण्टा प्रशिक्षक तालिममा उत्तीर्ण विद्यार्थीहरुलाई प्रमुख अतिथि मन्त्री थापाको हातबाट प्रमणपत्र तथा मेडल प्रदान गरिएको थियो ।
तालिमका प्रशिक्षक पायोसका केन्द्रीय उपाध्यक्ष प्रदिपकुमार श्रेष्ठ हाल देश बाहिर रहेकाले श्रेष्ठकी धर्मपत्नि रमा श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा पायोस नेपाल कास्की जिल्ला शाखालाई पूर्णता एवं पोखरा नगर तदर्थ समिति गठन भई सपथ ग्रहण समेत गराईएको थियो । प्राविधिक शिक्षा तथा तालिम परिषद् को ३९० घण्टे प्रशिक्षणका प्रशिक्षकहरुलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई बधाई एवं उपस्थित सम्पूर्ण विशिष्ट व्यक्तित्वहरु, योग गुरुहरु, प्रशिक्षार्थी तथा साधकसाधिका साथै कार्यक्रमलाई सम्पन्न गर्न अहोरात्र खटिने पायोस नेपाल गण्डकी प्रदेश टिम र कास्की जिल्ला शाखा साथै विभिन्न योग केन्द्रको टिमहरु प्रति विशेष आभार व्यक्त गरिएको थियो ।
स्टेज व्यवस्थापनमा खटिएका गिता योग साधना केन्द्र परिवार, अमृतभोजन तयारमा खटिने कृष्ण योग साधना केन्द्रका परिवार, प्रशासनिक कार्यमा खटिने विश्व प्रधान, पत्राचारतर्फ नवराज शर्मा पौडेल, अतिरिक्त व्यवस्थापनमा खटिने रुद्र कार्की, साधना केन्द्रहरु समन्वय गर्ने टोल प्रसाद आचार्य प्रति धन्यवाद ज्ञापन गरिएको थियो । पायोस गण्डकी प्रदेश समितिकी अध्यक्ष रश्मी भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पायोस गण्डकी प्रदेश सचिव सपना गुरुङले गरेकी थिइन् ।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ बाट खुलातर्फ…






