The two judokas fighters fighting men on gray studio background
थाइल्याण्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसीपको पहिलो दिन आज २ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन्।
ताराले पहिलो चरणमा थाइल्याण्डका खेलाडीलाई प्रतिद्वन्द्वी पाएका छन्। यो स्पर्धामा १६ खेलाडी सहभागी छन्।
पहिलो चरणमा निशाले बाइ पाएकी छन्। अर्को चरणमा निशाले हङकङ र थाइल्याण्डका खेलाडीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्। निशाको स्पर्धामा १२ खेलाडी छन्। क्याडेटमा १६ राष्ट्रका १७४ खेलाडी सहभागी छन्। मंगलबार जुनियरतर्फ पनि २ खेलाडी प्रतिस्पर्धामा उत्रनेछन्। पुरुष ६० केजीमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठले खेल्नेछन्।
पहिलो चरणमा बाइ पाएकी देवकीले दोस्रोमा भारत र थाइल्याण्डबीचको विजेतासँग खेल्नेछिन्। यो स्पर्धामा ११ खेलाडी सहभागी छन्।
उत्तमले १६ खेलाडी रहेको स्पर्धाको पहिलो चरणमा मंगोलियाका खेलाडीको सामना गर्नेछन्। जुनियरमा विभिन्न १५ देशका १६३ खेलाडीको सहभागिता रहेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए। घरेलु प्रतियोगिता ४ जना खेलाडीले नै बन्दी सहायता नियोग (पाम) बाट खेल्नेछन्। देवकी र निशा सहोदर दिदीबहिनी हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







