युक्रेनी एयरलाइन्सको कार्गो विमान उत्तरी ग्रिसमा दुर्घटनाग्रस्त


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७९ मा प्रकाशित




युक्रेनी एयरलाइन्सको एन्टोनोभ कार्गो विमान उत्तरी ग्रिसको काभाला सहर नजिकै दुर्घटनाग्रस्त भएको छ।

आइतबार स्थानीय बासिन्दाले दुर्घटनापछि २ घण्टासम्म आगोको मुस्लो देखेको र विस्फोटको आवाज सुनेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ।

ग्रिक नागरिक उड्डयन अधिकारीहरूका अनुसार विमान सर्बियाबाट जोर्डनतर्फ जाँदै थियो। एन—१२ सोभियत–निर्मित टर्बोप्रप विमान कार्गोवाहक मेरिडियनद्धारा संचालित थियो।

ग्रिक मिडियाले विमानमा ८ जना सवार रहेको र त्यसमा १२ टन खतरनाक सामग्री (धेरैजसो विस्फोटक पदार्थ) रहेको बताएका छन्। तर, स्थानीय अधिकारीहरूले कार्गोबारे कुनै खास जानकारी नभएको र विमानमा रहेको मानिसहरूको संख्या फरक उपलब्ध गराएको एपीले जनाएको छ।

दुर्घटनास्थलबाट दुर्गन्ध आउन थालेपछि सावधानीका रूपमा समन्वय समितिले दुर्घटनास्थल नजिकै रहेका २ बस्तीका बासिन्दालाई रातभरि झ्याल बन्द राख्न र बाहिर ननिस्कन र मास्क लगाउन सुझाव दिएका छन्। अधिकारीहरूले विमानमा ब्याट्रीहरू सहित खतरनाक रसायनहरू थिए कि भनेर उनीहरूलाई थाहा नभएको स्पष्ट पारेका छन्।

एपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।