कास्की लगायत २७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्ध दोस्रो मात्राको खोप


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७९ मा प्रकाशित




कास्की लगायत २७ जिल्लाका बालबालिकालाई आज (सोमबार) देखि कोरोनाविरुद्ध दोस्रो मात्राको खोप दिइँदैछ।

५ देखि १२ वर्षमुनिका बालबालिकालाई आज (सोमबार) देखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ।

पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो। यही, साउन ८ गतेसम्म यसअघि केन्द्र रहेको विद्यालयबाटै खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कास्की लगायत झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप दिइनेछ।

दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ। खोप निःशुल्क पाइन्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।