एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७९ मा प्रकाशित




काठमाडौं । नेपालम कोरोना संक्रमितको संख्या लगातार बढ्न थालेको छ ।

सोमबार थप ४५७ जनामा कोरोना भाइरस संकरण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।संक्रमणबाट एकजनाको मृत्‍यु भएको छ ।

चार हजार ६५१ जनामा गरिएको नमुना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एक हजार ७७६ पुगेको छ ।

आज ९८ हजार ९०० जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।