पछिल्लो २४ घण्टामा गण्डकीमा थप ७ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका तीन जिल्ला कास्की, स्याङ्गजा र पूर्वी नवलपरासीका थप ७ जनामा कोरोना पुष्टि भएको हो।
हिँजो सोमबार संक्रमण पुष्टी भएसँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख २ हजार १२३ जना पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीबाट ६ जना कोरोनामुक्त भएका छन्। योसँगै, गण्डकीबाट कोरोनामुक्त हुनेको संख्या १ लाख ६०१ छ भने, हाल ५६ जना सक्रिय संक्रमित छन्। उनीहरुमध्ये ५२ जना होम आइसोलेसनमा छन् भने, ४ जना स्वास्थ्य केन्द्रमा उपचाररत छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







