कास्कीको याङ्जाकोटमा करेन्ट लागेर ३ चौपायाको ज्यान गएको छ।
सोमबार अन्दाजी ११ः३० बजेको समयमा मादी गाउँपालिका वडा नं–३ स्थित याङ्जाकोट निवासी ६६ वर्षीया काजिल गुरुङको २ वटा भैंसी र १ राँगोको करेन्ट लागेर ज्यान गएको हो।
ईलाका प्रहरी कार्यालय शिशुवाका अनुसार गुरुङले भैंसी चराउने क्रममा सोही स्थानको चिहानडाँडाको चौरमा रहेको बिजुलीको खम्बामा करेन्ट प्रवाह भएका कारण खम्बामा टाँसिएर चौपायाको मरेको हो।
हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







