नेकपा एमाले बागलुङ नगर कमिटिले बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठलाई ४ बुँदे ध्यानाकर्षण–पत्र बुझाएको छ।
नेकपा एमाले बागलुङ नगर कमिटिले बुझाएको ध्यानाकर्षण–पत्रको पहिलो बुँदामा नगरपालिकामा कार्यरत कर्मचारीलाई राजनीतिक प्रतिशोधका आधारमा हाँजिर नगर्न/नगराउन आदेश दिनु गै¥ह जिम्मेवारी कार्य भएको उल्लेख गरिएको छ।
दोस्रो बुँदामा सामुदायिक विद्यालय सुधारको लागि संघीय सरकारबाट बिनियोजित ६ करोड भन्दा बढि रकम फ्रिज गरिएकोमा आपत्ति जनाइएको छ। ‘विद्यालयको खातामा सोझै दाखिला गरी त्यसको अनुगमन पश्चात फछ्र्योट गर्ने विभागको परिपत्र हुँदाहुँदै पनि हठात मनशायबाट प्रेरित भै फ्रिज गर्ने काम भएको छ, यो नियतवस गरिएको घोर आपत्तिजनक कदमलाई सच्याई जिम्मेवारीपूर्वक कार्य गर्न र त्यसलाई पुनः कार्यान्वयनमा ल्याउन जोडदार माग गर्दछौँ,’ ध्यानाकर्षण पत्रमा लेखिएको छ।
ध्यानाकर्षण पत्रमा बागलुङ नगरपालिकाले बागलुङ बजारमा खानेपानी उपलब्ध गराउन वैकल्पिक उपाय सहित खानेपानी उपभोक्ता समितिलाई निर्देशन दिनुको सट्टा गै¥हजिम्मेवारीपना देखाएको, नागरिकको स्वास्थ्य संवेदनशीलतमा उदाशिन बनेको उल्लेख गरिएको छ।
त्यस्तै, नगरपालिकाले विगतका स्थानीय सरकारले गरेका कामहरुको स्वामित्व लिन समेत माग गरेको छ। ‘श्वेतपत्रमा उल्लेख भएको बागलुङ नगरपालिकाको गौरवको योजनाको रुपमा रहेको बलेवा एयरपोर्ट र बागलुङ बसपार्क अविलम्ब संचालनमा ल्याउनको लागि समेत ध्यानाकर्षण गराउदछौँ,’ ध्यानकर्षण–पत्रमा उल्लेख गरिएको छ।
मागहरु सम्बोधन नभए थप कडा संघर्षका कार्यक्रमहरु अघि बढाउने ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ।
ध्यानाकर्षण–पत्र बुझ्दै बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले त्यस विषयमा आफूहरु पनि चिन्तित भएको बताएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





