कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा कर्मचारी अभाव भएको छ । भारतबाट फर्कने यात्रुहरुको बढ्दो चापको तुलनामा थोरै मात्र कर्मचारी कार्यरत रहेका छन् । हेल्थ डेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक भारतबाट चारदेखि पाँच सय यात्रु सीमा नाका प्रवेश गर्ने गरेका छन् ।
डेस्कमा हाल १० जना कर्मचारी मात्रै कार्यरत रहेका छन् । यसअघि १२ जना कर्मचारी कार्यरत रहेका थिए । भारतबाट फर्कने यात्रुहरुको एन्टिजेन परीक्षणको कार्य भइरहेको उनले बताए । एक सातामै १० जना भारतबाट फर्केका यात्रुहरुको एन्टिजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






