राष्ट्रसङ्घको महासभामा उच्चस्तरीय सहभागिताको तयारी


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित





काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा नेपालबाट उच्चस्तरीय सहभागिता हुने तयारीस्वरुप गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रवक्ता लम्सालले महासभामा मुलुकको उच्चस्तरीय भ्रमण होस् भन्ने चाहना रहेको र विश्वभरका सरकार वा राष्ट्रप्रमुख सहभागी भई सम्बोधन गर्ने ‘फोरम’ भएकाले त्यसैगरी भ्रमण हुने अपेक्षासहित परराष्ट्रको तयारी रहेको जानकारी गराए ।

कुन तहको भ्रमण हुन्छ भन्ने कुरा भने मन्त्रिपरिषद्को निर्णयपछि मात्रै यकिन हुने उनको भनाइ थियो । महासभा आगामी सेप्टेम्बर १३ मा सुरु हुँदैछ । नेपाल बहुपक्षीय कूटनीतिमा बढीभन्दा बढी सक्रिय सहभागी भई त्यसमा आफ्नो मुलुकको हितमा सख्त उपस्थिति देखाउने प्रयास जारी रहेको पनि उनले जानकारी दिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।