पोखरा । नेपाली सेनाले फेवातालमा विपत व्यवस्थापन उद्धार अभ्यास गरेको छ । फेवातालमा भएका विभिन्न दुर्घटनाहरुलाई मध्यनजर गरि उक्त समयमा कसरी उद्धार गर्दा प्रभावकारी हुनसक्छ भन्ने विषयमा सेनाले पोखराको रत्नमन्दिर स्थित फेवाताल किनारमा आज सो अभ्यास गरेको हो ।

उक्त अवसरमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी,आन्तरिक मामिलामन्त्री दोवाटे विश्वकर्मा,भौतिक तथा पूर्वाधारमन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्का, नेपाली सेना मध्य कमाण्ड हेडक्वार्टर प्रमुख उपरथि बाबुराम श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

कहिले प्राकृतिक कारणले त कहिले मानवीय कारणले फेवातालमा डुबेकालाई नेपाली सेनाले यस वर्ष ९२०७९० अहिलेसम्मका २ वटा घटनामा १३ जनालाई फेवातालबाट सकुशल उद्धार गरेको छ । त्यसैगरि एक शव निकालेको छ। २०७५ सालदेखि नेपाली सेनाले गरेको उद्धारमा ३१ वटा दुर्घटनाबाट १ सय ११ जनालाई सकुशल उद्धार गरेको छ भने २४ जनाको शव सेनाले फेवातालबाट निकालिसकेको छ।

सोहि दुर्घटनालाई मध्यनजर गरि नेपाली सेनाको महावीर गण रेञ्जरको डार्ट टोली ९डिजास्टर एसेस्मेन्ट एण्ड रेस्क्यु टिम० २४ सै घण्टा तयारी अवस्थामा रहेका हुन्छन्। अहिले उक्त टोलीलाई निरन्तर तालिम, प्रशिक्षण र अभ्यास गर्दै आएकोमा आजपनि गरिएको जनसम्पर्क अधिकृत प्रमुख सेनानी प्रेमप्रसाद पौडेलले बताए । गत बिहीबार पनि उद्धार टोलीले फेवातालमा हेलिकप्टरबाट उद्धार कार्यको अभ्यास गरेको थियो।
फेवातालमा डुंगामात्र होइन प्याराग्लाइडिङ गर्ने क्रममा पनि तालमा दुर्घटनामा पर्ने गरेका छन्। फेवातालमा हुने यस्तो दुर्घटनामा उद्धारको कार्यका लागि हाल सशस्त्र प्रहरी बल र नेपाली सेना दुवैले उद्धार टोली फेवातालमा खटाएको छ । सशस्त्र प्रहरीले टावरको निर्माण गरी उद्धार टोली राखेको छ भने नेपाली सेनाले पनि आफ्नो विपद् व्यवस्थापनको उद्धार टोलीलाई २४ सै घण्टा तैनाथ अवस्थामा राखेको नेपाली सेना मध्य कमाण्ड हेडक्वार्टर प्रमुख उपरथि बाबुराम श्रेष्ठले बताए ।
यस्तै उद्धारका लागि फेवाताल नजिक रहेको रणचण्डी गणको रत्नमन्दिर परिसरमा हाल विपद् व्यवस्थापन टोली खटिएका हुन् । उद्धार कार्यलाई अझै व्यवस्थित तरिकाले लैजानका लागि सोही ठाउँमा हाल नेपाली सेनाले फेवाताल उद्धार केन्द्र स्थापना गरेको छ। यसअघि सानो त्रिपाल राखेर नेपाली सेनाले उद्धारको काम गरिरहेको थियो। हाल प्रदेश सरकारसँगको समन्वयमा करिब ४० लाखको लागतमा नेपाली सेनाले उद्धार भवन स्थापना गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







