राष्ट्रपतिद्वारा राजदूत नियुक्त


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्त्रिपरिषद्को सिफारिसमा दानबहादुर तामाङलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएकी छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।