प्रतिकात्मक तस्बीर
स्याङ्जाको सिंचाइ पोखरीमा डुबेर बुधबार साँझ २ जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नं. ६ पेलाकोटकी वर्ष ४ की सोफिया गुरुङ र वर्ष ३३ की बिन्द्र गुरुङ छन्।
साँझ ५ बजे सोफिया पोखरीमा डुबेको र उनलाई बचाउन जाँदा बिन्द्र गुरुङ घाइते भएको र दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डुबेर गम्भीर घाइते भएका दुवैलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







