चियाको गुणस्तर मापन यन्त्र स्थापना गर्न माग


     एभरेस्ट आवाज    
     श्रावण ५ गते २०७९ मा प्रकाशित





काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियाको गुणस्तर मापन गर्ने यन्त्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले चिया निर्यात गरेर नेपालले आर्थिक उपार्जन गर्नसक्ने बताए ।

सांसद खनालले चिया बगान निर्माणलाई राज्यले उच्च प्राथमिकतामा राखी चिया विकास बोर्डको भूमिका प्रभावकारी बनाउन र साना चिया किसानलाई कारखाना खोल्न सहकारीमार्फत प्रोत्साहन गर्नुपर्छ भने ।

सांसद खनालले १६ हजार साना किसान चिया खेतीमा संलग्न रहेको उल्लेख गर्दै इलाममा चियाको सङ्ग्रहालय बनाउनुपर्ने मागसमेत गरे । सांसद पार्वता सिडी चौधरीले खेतीपाती गर्ने समयमा सरकारले बेलामै मलका व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।